कोरोना भाइरस उपचार कोषमा इप्पानले १ करोड योगदान गर्ने

Advertisement

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले सरकारले कोरोना भाइरस विरुद्ध लड्न स्थापना गरेको उपचार कोषमा १ करोड योगदान गर्ने भएको छ ।

सबै निजी क्षेत्रका ऊर्जा उत्पादकहरु मिलेर उक्त कोषमा एक करोड रुपियाँ योगदान गर्न लागिएको हो ।

निजी क्षेत्रका जलविद्युत आयोजनाका प्रवर्द्धकहरुको संस्था (इप्पान)मा १७४ वटा जलविद्युत आयोजनाका प्रवर्द्धकहरु आवद्ध छन् ।

सबैसँग संकलन गरी कोरोना उपचार कोषमा उक्त रकम योगदान गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement