राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्याब राखिने

Advertisement

काठमाडौं । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्याब स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको ल्याब स्थापना गर्ने सहमति भएको हो ।

यस अघि सरकारले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा कोरोना ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारका स्वास्थ्य मन्त्रीसँगको छलफलपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्याब स्थापना गर्ने सहमति भएको फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement