ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा सहयोग गरिएको चिकित्सा सामाग्री नेपाल आइपुग्यो

Advertisement

काठमाडौँ । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा प्रदान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदान देशभर वितरण गर्नेछ ।

यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा प्रदान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भाग लिए, जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत सुश्री हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालको पनि उपस्थित थिए ।

यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड(१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन् ।

ज्याक मा फाउंडेशन र अलीबाबा फाउन्डेशनले प्रथम अफिलीएटेडेड अस्पताल झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिनका डाक्टरहरू, अन्य मेडिकल प्रशासकहरू र स्टाफबाट केहि मुख्य पाठहरू र अनुभव बटुली एक महत्वपूर्ण चिकित्सा पुस्तिकाको प्रकाशनमा पनि सहयोग प्रदान गरेका थिए ।

झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिन का डाक्टरहरू चीनमा कोभीड १९ को उपचार र यसको प्रसारलाई सुस्त बनाउन महत्वपूर्ण भूमीका खेलेका थिए ।

Advertisement

Advertisement

Advertisement