सेयर बजार पुनः पाँच दिन बन्द गर्ने नेप्सेको निर्णय

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पाँच दिनका लागि पुनः सेयर कारोबार बन्द गरेको छ ।
सोमबार बसेको नेप्सेको सञ्चालक समिति बैठकले थप ५ कारोबार दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
यस अघि पनि नेप्सेले चैत १० गतेदेखि १७ गतेसम्म पाँच कारोबार दिन सेयर बजार बन्द गर्ने निर्णय गरेको थियो । परिस्थिति सामान्य भएमा चैत २५ गते सेयर कारोबार खुल्ला हुनेछ । सेयर बजार बन्द गर्ने वा खोल्ने भन्ने विषयमा यस अघि नेप्से र धितोपत्र बोर्ड बीच विवाद थियो । सेयर बजारका लगानीकर्ता, ब्रोकर, मर्चेण्ट बैंकर लगायतले बजार बन्द गर्न दवाव दिँदै आएका थिए ।

Advertisement

Advertisement

Advertisement