भ्रमण बर्ष २०२० को सचिवालय वैशाखमा विघटन गरिने

Advertisement

काठमाडौं । यसअघि केही समयका लागि स्थगित गरिएको नेपाल भ्रमण वर्ष २०२० पूर्णरुपमा स्थगित गरिएको छ । यसअघि अप्रिलसम्मका लागि भ्रमण बर्या स्थगित गरिएकोमा सरकारले पूर्णरुपमा स्थगित भर्ने निर्णय गरेको हो ।

निकै तामझाका साथ एक बर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु गरिएको भ्रमण बर्ष २०२० विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिएपछि औपचारिकरुपमा स्थगित गरिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार अधिकारीका अनुसार भ्रमण बर्ष स्थगित भएको र यसको सचिवालय आउँदो २०७७ वैशाख १ गते विघटन हुनेछ । सरकारले नेपाल उद्योग बािणज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको नेतृत्वमा भ्रमण बर्षको सचिवालय बनाएको थियो ।

नेपालको पर्यटन क्षेत्रको एक प्रमुख स्रोत चीनबाट कोरोना फैलिन सुरु भएपछि भ्रमण बर्ष अन्योलमा परेको थियो । कोरोनाको संक्रमणले विश्वव्यापीरुपमा महामारीको रुप लिन थालेपछि सरकारले भ्रमण बर्ष अप्रिलसम्मका लागि स्थगित गरेको थियो ।

Advertisement

Advertisement

Advertisement