मलेसियाको नेपाली दूतावासले भन्यो-‘टिकट रद्द भएका र भीषा अवधि समाप्त भएकाहरुले जानकारी दिनू’

Advertisement

काठमाडौँ । मलेसियामा रहेको नेपाली दूतावासले १८ मार्च पछि नेपाल फिर्ता हुने हवाई टिकट रद्ध भएका र भीषा अवधि समाप्त हुने नेपालीहरुलाई दूतावासमा खबर गर्न अनुरोध गरेको छ ।

अप्रिल २ तारिक दिउँसो १ बजे भित्र नाम, राहदानी नम्बर, मोबाइल नम्बर, मलेसियन भिषाको किसिम(श्रमिम/पर्यटक/विधार्थी/अन्य) र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बर उपलब्ध गराउन दूतावासले सूचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मलेसियाको सरकारले १८ मार्चदेखि २० अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement