एक हप्ताका लागि फेरी बन्द भयो सेयर बजार, अब २०७७ बैशाख ४ गते मात्रै

Advertisement

काठमाडौं । सेयर बजार फेरी एक हप्ताका लागि बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अर्काे एक हप्ता अर्थात पाँच करोबारका दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । सरकारले चैत २४ गते सोमबार नै अर्काे एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णय अनुसार नेप्सेले सेयर बजार बन्द गरेको हो । अब २०७७ सालमा मात्रै सेयर बजार खुल्नेछ । नेप्सेले बैशाख ३ गतेसम्मका लागि बजार बन्द गरेको जनाएको छ । त्यतिबेला लडडाउन हटाउने निर्णय भएमा बैशाख ४ गतेबाट सेयर कारोबार हुनेछ ।

Advertisement

Advertisement

Advertisement