नयाँ बर्षमा पूर्वराजाको भनाई– निषेध गरेर जाने सोच नबनाऔं, यो महाभुल हुनेछ

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ बर्षमा प्रतिक्रिया जनाउँदै कसैलाई पनि निषेश गरेर जाने सोच नबनाउन आग्रह गरेका छन् । उनले नयाँ बर्षको पूर्वसन्ध्यामा ट्वीट गर्दै कसैलाई पनि निषेध गरेर जाने कुरा इतिहासको अर्को एउटा महाभुल हुने चेतावनी दिएका छन् । पूर्वराजाको चेतावनी दलहरुतर्फ लक्षित देखिन्छ ।

Advertisement

उनले ट्वीटमा भनेका छन्, ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने चुनौतिहरुको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ। कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको यर्थाथलाई स्वीकार गर्दै राष्ट्रिय भाव र एकताको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुनेछ ।’
पछिल्ला दिनमा ट्वीटमार्फत आफ्ना भनाई अभिव्यक्त गर्दै आएका पूर्वराजा शाहको सक्रियता पनि निकै बढेको देखिन्छ । गणतन्त्र घोषणापछि उनले रक्तपातरहित रंगले राजगद्धि छोडेर गएका थिए । पछिल्ला दिनमा भने २४० बर्ष लामो इतिहास बोकेको राजसंस्थालाई पुनस्थापित गर्नुपर्ने भन्दै आवाज उठेको देखिन्छ ।

Advertisement

Advertisement