ग्रील तथा स्टील ब्यवसायी महासंघले प्रहरीलाई हस्तान्तरण गर्यो मेनक्याच स्टीक

Advertisement

काठमाडौँ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी बृत कमलपोखरीका प्रमुख भरतबहादुर बिकलाई मेनक्याच स्टीक हस्तान्तरण गरेका छन् ।

बिश्वब्यापी रुपमा अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न नेपाल सरकारले घोषणा गरेको लकडाउन को प्रभाबकारी कार्यान्वयन गर्न लकडाउन उलंघन गर्ने लाई सुरक्षित किसिमले सोसियल डिस्टेन्स कायम गरि नियन्त्रणमा लिन उक्त मेनक्याच स्टीक उपयोगी हुने जनाइएको छ ।

जनताको जिउधनको सुरक्षाको निम्ति अहोरातआफ्नो ड्युटिमा खरिरहेका सुरक्षाकर्मिलाई सुरक्षित राख्न र मनोबल बढाउन नेपालमै उपलब्ध सामानको प्रयोग गरी तयार गरिएको मेनक्याच स्टीक महासघले देशका अन्य स्थानमा पनि उपलब्ध गराउने अध्यक्ष कटुवालले जानकारी दिए । यो महामारी बाट बच्न सबैले लकडाउनको पालना गरि सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए ।

महासघले यसअघि आफ्ना मातहतका जिल्लाहरु ललितपुरले सर्जिल मास्क र सेनिटाइजर मकवानपुर जिल्लाले श्रमिकहरुलाइ खाध्यान्न ब्यवस्था गरेको थियो ।

अध्यक्ष कटुवालका अनुसार उक्त मेनक्याच स्टीक बुझ्नु हुँदै कमलपोखरी बृत प्रमुख भरतबहादुर बिकले यस्तो कठिन परिस्थिरिमा महासंघले गरेको यो सहयोगले प्रहरिको सुरक्षा सगै काम गर्ने मनोबल समेत बढने भएको हुँदा महासघ र काठमाडौ जिल्ला संघ प्रती आभार प्रकट गर्दै देशलार्इ संकट परेको बेला सबैले मन खोलेर आफुले सक्ने सहयोग गर्नु मानवी धर्म भएको बताए ।

कटुवाल ग्रील उध्योग कमलपोखरीले तयार गरेको उक्त सामान बनाउन महासंघ सचिब सम्सुदिन शेष र काठमाडौँ जिल्ला सहसचिब भरत लामिछानेले सहयोग गरेका थिए । आज अध्यक्ष कटुवालले सामुदायिक प्रहरी सेवा नक्सालका प्रहरी प्रमुख वसन्त थापालाई २०० थान सर्जिकल माक्स प्रदान गरे ।

Advertisement

Advertisement

Advertisement