मुक्तिनाथ विकास बैंकले लकडाउनमा बाँड्यो राहत

Advertisement

काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)का कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले राहत वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनकपुरधाममा एक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । बैंकले विपन्न परिवारका १५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामग्री वितरण गरिएको छ ।

जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारीको रोहबरमा बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले राहत वितरण गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement