एलआरआई स्कुलले नागार्जुनका विभिन्न वडालाई दियो स्वास्थ्य सामग्री

Advertisement

काठमाडौं । कलंकीस्थित एलआरआई स्कुलले नागार्जुन नगरपालिका वडा न १० अन्तर्गत फोहरमैला सरसफाइ तथा व्यवस्थापन कार्यमा सहभागी कर्मचारीलाई स्वास्थ्य प्रयोजन तथा कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामग्री हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपाल पनि जोखिम बढाइरहेको अवस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विद्यालय जनाएको छ ।

विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले फोहोर मैलामा कार्यरत कर्मचारीलाई २८ थान पीपीई, २८ थान पन्जा र १४ थान फ्लोरिसेन्ट ज्याकेट प्रदान गरे । उनले वडा अध्यक्ष सुन्दर केसीलाई हस्तान्तरण गरे ।

विद्यालयले काठमाडौं महानगरपालिका कामपा–१४ अन्तर्गत फोहर मैला सरसफाइ तथा ब्यबस्थापन कार्यमा सहभागी कर्मचारीहरुलाई कोरोना महामारीको जोखिमबाट बच्न २८ थान पीपीई र २८ थान पन्जा हस्तान्तरण गरेको छ ।

ती सामग्री कामपा १४ का अध्यक्ष सोभा सापकोटालाई हस्तान्तरण गरिएको जनाइएको छ । विद्यालयका मुख्य लेखा अधिकृत दीपक जोशी, प्लस टू निर्देशक पुस्करनाथ फुलारा र अतिरिक्त क्रियाकलाप संयोजक जयराम खड्काले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सो विद्यालयले बिहीबार कोरोनाबाट बढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई ५० थान बेडसेट हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको आव्हानमा एलआरआई स्कुलले उपलब्ध गराएको ५० थान बेड सेट कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएका छ ।

उक्त क्वारेन्टाईन नेपाली सेनाको भवानीदल गणले व्यवस्थापन गरेको छ । ती सामग्री विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेका हुन । अन्य प्रदेशको तुलनातमा प्रदेश ७ कोरोनाबाट बढी प्रभावित भएकाले ७ नम्बर प्रदेशलाई प्राथमिकता दिएको उनको भनाई थियो । पन्तले भने– थोरै भएपनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस भन्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।

विद्यालयले ५० थानबेड सोही संख्यामा म्याट्रेस, सिरानी, बेडसिट र बल्याङकेट प्रदान गरेको छ । संस्थापक गुठियार पन्तले करिव चारलाख बरावरको सामग्री सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपियाँ सहयोग गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement