आइतबारदेखि शेयर बजार खुल्ने, आज सर्वपक्षीय बैठक

Advertisement

काठमाडौँ । आउँदो आइतबारदेखि शेयर कारोबार खुल्ला हुने भएको छ । बुधबार सम्पन्न मन्त्री परिषद्को बैठकले लकडाउन केही खुकुलो बनाउँदै धितोपत्र कारोबार सञ्चालन गर्न अनुमति दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड।(नेप्से)ले शेयर कारोबार सञ्चालनका लागि तयारी थालेको छ ।

मन्त्री परिषद् बैठकले सामाजिक दूरी कायम राख्दै एकतिहाई कर्मचारीले मात्र काम चलाउनु पर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका थिए ।

यस सम्बन्धमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले भने–‘सरकारको आसय धितोपत्र बजार खोल्ने रहेको छ, त्यसका लागि हामी तयारी गर्दैछौँ ।' डेढ महिनादेखि बन्द रहेको धितोपत्र कारोबार कहिलेदेखि र के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा  विहीबार सरोकारवालाहरु बीच बैठक बसेर ठोस् निर्णय लिइने सीइओ साउदले बताए ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन आदेश जारी गरेपछि देखि नै धितोपत्र कारोबार बन्द रहेको छ ।

Advertisement

Advertisement

Advertisement