एकैदिन थपिए ६२ जना कोरोना संक्रमित, कूल संख्या ३५७ पुग्यो

Advertisement

काठमाडौँ । आज एकैदिन ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार आजै मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १ जना, गुल्मीका १ र धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि छ । थपिएका कोरोना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ, ती मध्ये २ जनाको मृत्यु भएको र हालसम्म ३६ जना उपचार पछि घर फर्केको प्रवक्ता देवकोटाले बताए ।

यसअघि आजै रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

Advertisement

Advertisement

Advertisement