कर्मचारीको तलब कसरी व्यवस्थापन गर्ने ? यस्तो छ ह्युमन रिसोर्सेस सोसाइटीको सुझाव

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण उद्योग व्यवसायहरु बन्द भएपछि औद्योगिक प्रतिष्ठानहरुले कर्मचारी कटौती र बेतलबी बिदामा बसाउने गतिविधि सुरु गरिरहँदा ह्युमन रिसोर्सेस सोसाइटी नेपालले कर्मचारीहरुको तलब बारे सुझाव दिएको छ ।

सोसाइटीका अध्यक्ष मोहन ओझाले नेपाल सरकार लगायत सरोकारवाला संघ संस्थाहरु समक्ष आज सुझाव सहितको अपिल गरेका हुन् । सीमित अवधिका लागि व्यापार व्यवसाय सञ्चालन नहुञ्जेलसम्म निजी क्षेत्र, सरकार र कर्मचारीहरुको बराबर योगदान हुनु पर्ने सोसाइटीको सुझाव छ ।

त्यसैगरी केही समयका लागि प्रतिष्ठानहरुले कम्तिमा ५० प्रतिशत तलब उपलब्ध गराउने, त्यसमा बाँकी कति सकिन्छ सहमतिको आधारमा सरकारले र कर्मचारीले व्यहोर्ने तर प्रतिष्ठानहरुले ५० प्रतिशत व्यहोरे बापतमा सरकारले उक्त भारलाई कुनै बाटोबाट प्रतिष्ठानहरुलाई अनुदानको व्यवस्था मिलाई दिनु पर्ने अपिलमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement