सडक निर्माणमा खटिएका एक मजदुरको हावाहुरीका कारण निधन

Advertisement

काठमाडौं । चितवनमा सडक निर्माणका खटिएका एक मजदुरको हावाहुरीका कारण निधन भएको छ । चितवनको आँपटार देवघाट सडक खण्डमा निर्माण कार्यमा संलग्न एक जना मजदुरको हावाहुरीका कारण मृत्यु भएको विभागका महानिर्देशक केशव शर्माले बताएका छन् ।

शर्माका अनुसार चितवन क्षेत्रमा आइतबार ५ः ३० बजेदेखि करिब ४० मिनेटसम्म ठूलो हावाहुरी चलेको थियो । हुरीमा परि ३ जना मजदुर घाइते भएका थिए, तिमध्ये एक जनाको मृत्यु भएको हो ।  नारायणघाट मुग्लिन सढक खण्डमा पनि हावाहुरीले रुख ढालेकाले सडक अवरुद्ध भएको र केहि घण्टापछि सुचारु गरिएको पनि शर्माले फेसबुकमा लेखेका छन् । -तस्विरः सडक विभागका महानिर्देशक केशब शर्माको फेसबुकबाट

Advertisement

Advertisement

Advertisement