शेखरको प्रस्ताव– देशमा रोजगारी बढाउने, व्यापार घाटा कम गर्ने हो ? त्यसोभए बिजुलीको भाउ घटाउ

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमै रोजगारी सिर्जना गर्न र व्यापार घाटा घटाउन अब स्वदेशी उद्योगलाई सस्तोमा बिजुली दिनुपर्ने बताएका छन् । विद्युत नियमन आयोगले विजुलीको महशुल बढाउन लागेको समाचारहरु बाहिर आएको बेला गोल्छाले ट्वीट गर्दै अब देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्दै स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन विद्युत महशुल सस्तो बनाउनुपर्ने बताएका छन् ।

Advertisement

नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनको कमजोरीका कारण लोडसेडिङ अन्त्य भइसकेपछि पनि कतिपय उद्योगहरु डेडिकेटेड तथा ट्रंक लाइनको नाममा महंगो दरको विद्युत महशुल बुझाउन बाध्य भइरहेको र कतिपयलाई बिना जानकारी तीन बर्षदेखिको छुट बिल पठाइएपछि निराश भएका उद्योगीहरुले उक्त समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दै आएका छन् । तर सरकारी पक्षले महशुल विवादको अझै समाधान गर्न सकेको छैन् ।
सँगै, गोल्छाले ४० लाख नेपालीले विदेशबाट सात खर्ब रेमिटान्स पठाउँदा सात लाख विदेशीले नेपालबाट चार खर्ब रेमिटान्स बाहिर लाने गरेको तथ्य प्रस्तुत गर्दै यो स्थितिमा सुधार गर्न देशमा सीप बढाउनु जरुरी रहेको बताएका छन् ।
 

Advertisement

Advertisement