अर्थमन्त्रालयमा रातभर आर्थिक वर्ष २०७७/७८ को बजेट ‘फाइनल’ गर्ने चटारो, कस्तो बन्यो ?

Advertisement

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेट तयार पारेको छ । आज दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्ने बजेट अर्थमन्त्रालयमा बुधबार रातभर बसेर अन्तिम रुप दिइएको हो ।

बजेट तयारीका लागि हिजो रातभर अर्थमन्त्रालय चटारो थियो । हिजोराति अबेरसम्म अर्थमन्त्री खतिवडासहित अर्थसचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र नेपाल राष्ट्र बैंकबाट अर्थमन्त्रालयमा काजमा आएका डा. रामशरण खरेल लगायतको टिम बजेटलाई अन्तिम रुप दिन सक्रिय रहेका थिए ।

आज संसदमा अर्थमन्त्री खतिवडाले तेश्रो पटकको बार्षिक बजेट प्रस्तुत गर्न लागेका छन् । आज मन्त्रीपरिषद्को बैठकले बजेट पारित पारित गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेटको बिफ्रिङ गरेपछि दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन् ।

कोरोना भाइरसको असरले विश्व अर्थतन्त्रलाई असर गरिरहेका अर्थमन्त्री खतिवडाले कस्तो बजेट प्रस्तुत गर्लान कौतुहलको विषय बनेको छ । बजेटको आकार, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुर्तीजन्य र मदिरा तथा सवारीसाधनको कर, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता थपघट के होला ? यो कौतुहल मेटाउन आज ४ बजेसम्म कुर्नु पर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement