संघ र प्रदेश सरकारसँग नगरपालिका संघको आक्रोश- 'कोरोना रोकथाम र उपचारमा चासो दिइएन’

Advertisement

काठमाडौँ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघ र प्रदेश सरकारले बजेट व्यवस्थापनमा ध्यान नदिएकोमा नेपाल नगर पालिका संघले आक्रोश व्यक्त गरेको छ ।

संघका अध्यक्ष अशोक ब्याञ्जुले आज विज्ञप्ति प्रकाशित गरी कोरोना नियन्त्रणका लागि सचेतीकरण, पहिचान, श्रमिक तथा असहायहरुलाई राहत, विदेशबाट फर्केर आएकाहरुलाई राख्न क्वारेन्टिन तथा आइसोलेशन कक्ष, स्वास्थ्य सेवा, पीपीई, औषधी व्यवस्थापन लगायतका काम हालसम्म स्थानीय सहकारहरुले सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।

‘यी कार्य सम्पादन गर्न अप्रत्यासित खर्च र थुप्रै मानव संशाधनका लागि संघ र प्रदेश सरकारसंग अतिरिक्त बजेट व्यस्थापनका लागि पटक पटक अनुरोध र ध्यानाकर्षण गरिएपनि हालसम्म सम्बोधन छैन’–विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान चुनौतीलाई हल गर्न तिनै तहका सरकारको साझेदारीमा संघले ५० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले २० प्रतिशतको अनुपातमा आवश्यक रकम बिनियोजन गरी परिचालन गर्न नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

Advertisement

Advertisement

Advertisement