पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न १ अर्ब २६ करोड बिनियोजन

Advertisement

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न कर, शुुल्क र ब्याज छुट दिने भएको छ । कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्ने सरकारको प्राथमिकता छ ।

एक प्रदेश एक पर्यटकीय गन्तव्य भन्ने सरकारको मान्यतालाई पूर्णता दिन १ अर्ब २६ करोड बजेट बिनियोजन गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement