धितोपत्र कारोबार जेठ ३२ गतेसम्म स्थगन: नेप्से

Advertisement

काठमाडौँ । लकडाउनको अवधि भोलिदेखि जेठ ३२ गतेसम्म लम्ब्याइएपछि सेयर बजार समेत उक्त दिनसम्म बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का उपप्रबन्धक प्रविन पन्दाकले आज विज्ञप्ति प्रकाशित गरी लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय भएको जनाएका हुन् ।

कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले भोलिदेखि जेठ ३२ गतेसम्म लकडाउन आदेशलाई निरन्तरता दिने निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डको जेठ १ गतेको पत्र अनुसार लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्न लागिएको हो ।

गत चेत ११ गतेदेखि बन्द भएको सेयर बजार बीमा २ दिन खुलेपनि नेगेटिभ सर्किट लागेपछि पुनः स्थगत हुदै आएको छ ।

Advertisement

Advertisement