कोरोना भाइरसविरुद्धको २० लाख भ्याक्सिन तयार भइसक्योः ट्रम्प, तर वैज्ञानिक पुष्टि हुन बाँकी

Advertisement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको २० लाख भ्याक्सिन (खोप) तयार भइसकेको दावी गरेका छन् । यद्यपि उनले यो भ्याक्सिन वैज्ञानिकहरुले एक पटक सुरक्षित र प्रभावकारी छ भन्नु बाँकी रहेको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले २० लाख भ्याक्सिन विरामीको उपचारका लागि तयारी अवस्थामा रहेको बताएका हुन् । ट्रम्पले, ‘भ्याक्सिन निर्माणमा निकै ठूलो प्रगति भएको छ, वास्तवमा भन्ने हो भने हामी अब ढुवानी र लजिष्टिक सर्पोटका लागि तयारी अवस्थामा छौं ।’

यद्यपि भ्याक्सिन निर्माणका लागि लागिपरेका ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले ट्रम्पको भनाईप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् । ट्रम्पले के भने ? आफूलाई कुनै जानकारी नरहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो ? नखुलाए पनि आफ्ना सहयोगीहरुलाई साथमा राखेर २० लाख भ्याक्सिन तयार भइसकेको दावी गरेका हुन् । कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि पाँच वटा भन्दा बढि कम्पनी क्रियाशील रहेका थिए ।

शनिबारसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ लाख ९७ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या एक लाख नौ हजार पुगेको छ ।

Advertisement

Advertisement

Advertisement