लगानी बोर्डको सीईओ नियुक्तिका लागि प्रक्रिया शुरु

Advertisement

काठमाडौँ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले आज प्रस्ताव आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचनामार्फत इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डमा रहने प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रतिस्पर्धाका आधारमा छनोट गरिने प्रावधान छ । सरकारले वैदेशिक लगानीको प्रबन्ध एवम् लगानी विस्तारका लागि बोर्ड स्थापना गरेको हो । बोर्डले संयोजन गरेकामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा छ ।

यस्तै होङ्सी–शिवम् सिमेन्टले नियमित उत्पादन गरिरहेको छ । यसैगरी ह्वासिन सिमेन्ट उद्योगको काम जारी छ । ठूला लगानीका परियोजनालाई बोर्डले संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरिरहेका अन्य केही ठूला परियोजना निर्माणमा जाने तयारीमा छ ।

Advertisement

Advertisement

Advertisement