कतारमा समस्या परेका थप चार सय नेपालीलाई राहत प्याकेज

Advertisement

दोहा । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण कतारमा समस्या परेका थप ४०१ जनालाई राहत प्याकेज वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शनिबार थप ४०१ जनालाई खाद्यान्न राहत वितरण गरिएको जानकारी दिए ।

संघले कतारको गृह मन्त्रालयमार्फत कतार च्यारिटिमार्फत प्राप्त खाद्यान्न, यहाँ रहेका नेपाली संघसंस्था र गैरआवासीय नेपाली संघ कतारको श्रमिक कोषले उपलब्ध गराएको खाद्यान्न संघले स्थापना गरेको उद्दार तथा राहत वितरण समितिमार्फत समस्यामा परेका नेपालीहरुलाई वितरण गरिएको हो । हालसम्म आठ पटक गरी पाँच हजार २६९ जना नेपालीलाई राहत वितरण गरिसकिएको मसलमानले बताए ।

उनले कोरोना नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिकसँगै आप्रवासी नागरिकहरुलाई पनि समान व्यवहार गर्दै स्वास्थ्य सतर्कता र रोकथामको काम गरेको बताउँदै नेपाली दाजुभाई दिदी बहिनीलाई समस्या पर्न नदिन आफूहरु लागिपरेको बताए ।

Advertisement

Advertisement

Advertisement