एनआईसी एशिया बैंकद्वारा रू. ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले घातक रोग उपचार बीमा वापत दुई जना ग्राहकहरूलाई रू. १५ लाख प्रतिव्यक्तिका दरले रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खालेका नवलपरासी भुमई निवासी दीपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खालेका काठमाडौँ बुढानिलकण्ठ निवासी बसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको हो ।

Advertisement

Advertisement

Advertisement