विराटनगर महानगरले प्रस्तुत गर्यो ३ अर्ब ३७ करोडको बजेट

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आज सुरु भएको छैठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा २ अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्बजनिक गरेकी हुन् । चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ , वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट ससर्त अनुदान १ अर्ब २ करोड र प्रदेशबाट सशर्त २ करोड ९० लाख अनुदान प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

यता, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षबाट एक घर एक रसिलो विरुवा रोप्ने नीति लिएको मेयर भीम पराजुलीले बताए । महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय आजीवन दिने पनि घोषणा गरेको छ ।

Advertisement

Advertisement

Advertisement