ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने निर्णय

Advertisement

काठमाडौं । नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरुले केपि ओलिलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने निर्णय गरेको छ । बुधबार साझ ललितपुरको झम्सिखेलमा बसेको बहुमत सदस्यहरुको बैठकले पार्टी र सरकारमा ओलिको उपादेयता सकिएको निष्कर्ष निकाल्दै दुबै पदबाट हटाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष प्रचण्ड र बरिस्ठ नेता माधव नेपालको अगुवाइमा भएको बैठकमा ३० जना स्थायी कमिटी सदस्य सहभागी थिए । उनिहरुले पार्टी निर्णय मानेर दुबै पदबाट राजिनामा दिन ओलिलाई सुझाव पनि दिएका छन । अन्यथा पार्टीले निर्णय गरेर हटाउने सन्देश पनि पठाएका छन ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलिले पार्टी र सरकार दुबै सन्चालन गर्न नसकेको, कार्यकर्ता र नागरिकमा निराशा छाएको लगाएतका आरोप लगाइएको छ ।

Advertisement

Advertisement

Advertisement