मानुषीको प्रथम साधारण सभा: मर्जरको अधिकार सञ्चालक समितिलाई

Advertisement

काठमाडौँ । बनेपा–१३, काभ्रेमा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाको प्रथम साधारण सभा पुस १३ गते हुने भएको छ ।

मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे लहरीखर्क रिसोर्ट साँगामा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले प्रथम सञ्चालक समितिलाई नै आगामी ४ वर्षे कार्यकालको लागि निरन्तरता दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, कुनैपनि वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) र प्राप्ती÷समाहित(एक्वीजिशन) हुने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement