सुनको मूल्य ओरालोः प्रतितोला ३ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । सुनको मूल्य तीनदिन देखि लगातार घटेको छ । आज अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ३ हजार रुपियाँले घटेको हो । विहीबार छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो भने आज ३ हजार रुपियाँ घटेर ७८ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपियाँमा कारोबार भएकोमा बुधबार ४ सय रुपियाँले घटेर ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो बिहीबारपनि प्रतितोला ८ सय रुपियाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ७८ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला ८ सय २० रुपियाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो प्रतितोला ८१ हजार २ सय रुपियाँ र प्रतितोला ८ सय ६० मा कारोबार भएको थियो । हिजोको तुलनामा आज चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपियाँ गिरावट भएको छ ।

फागुन २५ गते आइतबार नारी दिवसका दिन छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भएको थियो । महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आइतबार पनि कारोबार भएको थियो । सोमबार भने होली पर्व परेको थियो ।

कोरोना भाइरस विश्वभर फैलदा यसले अर्थतन्त्रलाई प्रभावित पारेपछि सुनको मूल्य निरन्तर बढ्दै आएको थियो । तर अब राहत प्याकेजको घोषणा हुन थालेपछि सुनको मूल्यमा गिरावट आउन थालेको विश्लेषण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement