नेप्सेमा ६ वटा वित्तीय संस्थाको शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा आज विभिन्न ६ वटा वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५ हजार ८ सय ७६.८० कित्ता बोनस शेयर, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८० हजार १ सय ७.२० कित्ता बोनस शेयर, सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २ सय ८७.५ कित्ता बोनस शेयर र सानीमा माई हाइड्रो पावर लिमिटेडको २३ लाख २१ हजार बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी देवः विकास बैंक(वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दा) को ५० लाख ४० हजार ६ सय ८१.६० कित्ता र सूर्योदय लघुवित्त वित्तीय संस्था(त्रिलोक लघुवित्तलाई मर्जर गर्दा कायम हुन आएको) को ५ लाख ९१ ह्जार २ सय ३९.२५ कित्ता शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।

Advertisement

Advertisement

Advertisement