सगरमाथा इन्स्योरेन्सले नदिने भयो लाभांश, यस्तो रहेछ कारण

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।७६ को आम्दानीबाट लाभांश नदिने भएको छ । कम्पनीले भदौ १३ गतेका लागि साधारण सभा डाकेको छ तर कुनै पनि प्रकारको लाभांश नदिने उल्लेख गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २८ गतेदेखि बुक क्लोज गरेको छ । 

किन नदिने भयो लाभांश ?
कम्पनीले यसपाली लगानीकर्ताहरुलाई लाभांश नदिने स्पष्ट पारिसकेको छ ।  बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँका अनुसार एक अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले गत वर्ष महाविपत्ति कोषबाट रकम सापट लिएको थियो । सोधभर्ना हुने गरि सापट लिएको रकम तिर्नुपर्ने भएकाले यसपाली कम्पनीले लाभांश नदिने भएको हो ।

‘चुक्ता पुँजी पुर्याउने बेलामा सगरमाथाले केहि रकम महाविपत्ति कोषबाट लिएको थियो, त्यसको सोधभर्ना तिर्नुपर्ने भएकाले यसपाली लाभांश नदिएको हो’, बीमा समितिका अध्यक्ष चापागाईँले कर्पाेरेट नेपालसँग भने । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पुँजी पुर्याउन महाविपत्ति कोषको ८ करोड रुपैयाँ प्रयोग गरिएकाले त्यसकै सोधभर्नाका लागि यसपाली लाभांश प्रस्ताव नगरिएको बताए ।

Advertisement

Advertisement

Advertisement