थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँ उपत्यकामा ६२ जना थपिए

Advertisement

काठमाडौँ । आज थप २५९ जनामा कोरोना संक्रमण १९ पुष्टि भएको छ  भने कोरोनाका कारण थप १ जनाको ज्यान गएको छ । आज थपिएकासहित कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

संक्रमित मध्ये निको भएर १५ हजार २० जना घर फर्किएका छन् ।  प्रवक्ता गौतमका अनुसार मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ ।

Advertisement

काठमाडौँ उपत्यकामा ६२ जना थपिए
यता, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement