लकडाउनका कारण घर खाली हुन थालेपछि घरबेटीहरु अन्योलमा

Advertisement

काठमाडौं । कोभिड–१९ को प्रभावले व्यापार व्यवसाय चौपट हुन थालेपछि काठमाडौं उपत्यकाका पसलहरू धमाधम खाली हुन थालेका छन् । व्यापार व्यवसाय नहुँदा पनि महँगो भाडा तिरेर थेगिराख्न नसक्ने भएपछि सटर बन्द हुन लागेका हुन् । ठमेलमा घर खाली हुन थालेपछि घरधनी ५० प्रतिशत भाडा छुट दिन सहमत भएका छन्, तैपनि व्यवसाय बन्द गर्ने क्रम रोकिएको छैन । 

सरकारले लकडाउन अवधिमा श्रमिक तथा ज्यालादारी गरेर जीवन चलाउने वर्गलाई यस अवधिको सकेसम्म भाडा छुट दिनु तर जबर्जस्ती घरबाट ननिकाल्न घरधनीलाई आग्रह गरेको थियो । तर, बाध्यकारी भने होइन । लकडाउन अवधिको घरभाडा मिनाह गरिपाउँ भन्दै नेपाल नाई संघलगायतले सर्वोच्च अदालतमा हालेको रिटमा सुनुवाइ गर्दै १५ साउनमा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले ‘अहिले बन्दाबन्दीको अवधिभर घरभाडा नलिनु भन्ने अन्तरिम आदेश जारी गरिरहनु परेन’ भन्ने आदेश सुनाएको थियो । लकडाउनका अवधिमा घरभाडा तिर्नुपर्ने कि नपर्ने भन्ने विषयमा सरकार अझै निर्णयमा पुगिसकेको छैन।

Advertisement

कोभिड–१९ टुरिजम बिजनेस डिजास्टर को–अर्डिनेसन कमिटीका संयोजक भावी शर्मा भन्छन्, ‘ठमेलका घरधनीहरू ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिन सहमत भएका छन् । घरभाडा घटेपछि धेरै व्यवसायी तत्काल ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्, कतिपयले व्यवसाय बन्द गरिरहेको पनि देखिन्छ ।’ ठमेलका व्यवसायीहरू पसल बन्द गरेर धमाधम निस्कन थालेपछि ठमेल डेभलपमेन्ट टुरिजम काउन्सिलले घरधनी र व्यवसायीबीच छलफल गराएर घरभाडा छुट गराउन पहल गर्न कमिटी गठन गरेको हो ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement