एनआईविएल समृद्धि फण्ड–१ योजनाका इकाईधनीहरुले १२ प्रतिशत प्रतिफल पाउने

Advertisement

काठमाडौँ । एनआईविएल म्यूचुअल फण्ड अन्तरगत एनआईविएल एस क्यापिटल व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईविएल समृद्धि फण्ड–१ योजनाका इकाईधनीहरुका लागि प्रतिफल दिने घोषणा गरिएको छ । 

एनआईविएल एस क्यापिटलको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि इकाईधनीहरुका लागि करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपियाँ प्रतिफल वितरण गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत मेघबहादुर थापाले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement