‘अहिले देश व्यापारी र विचौलियाले चलाएका छन्, पोष्टपेड होइन्, प्रिपेड घुसको चलन आयो’

Advertisement

काठमाडौं । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले अहिले व्यापारी र विचौलियाहरुले शासनसत्ता चलाइरहेको बताएका छन् । एक टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले राजनीतिक दलहरु नेप्पथ्यमा गएर निर्णय गर्ने अवस्थामा रहेको बताए । 

कोइरालाले तिनै विचौलिया र व्यापारीले नेता र प्रशासकहरुको घर चलाइदिने, सुविधाहरु दिने गरेकैले उनीहरुले अनधिकृत लाभ लिने गरेको स्वीकार गरे । बैंकहरुको नीति बैंकका सञ्चालकहरुले बनाएपछि सानो निक्षेप राख्नेको पक्षमा कसरी नीति आउँछ ? भन्दै उनले प्रश्न गरे । कोइरालाले सार्वजनिक नीतिहरु विचौलिया र व्यापारीहरुले आफ्नो अनुकुल बनाउने गरेकाले सार्वसाधारण जनताको हित कसरी हुन्छ ? भन्दै अहिले नेता नै त्यस्ता व्यापारी र विचौलियाकोमा ‘म तिम्रो काम गरिदिन्छु’ भन्दै जाने गरेको बताए । 

Advertisement

उनले उनले पहिला पोष्टपेड घुसको चलन भए पनि अहिले प्रिपेड घुसको चलन आएको पनि खुलासा गरे । राजनीतिक परिवर्तनपछि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले अझ राम्रोसँग काम गर्ला भनेको, तर त्यसो हुन नसकेको कोइरालाले बताए । उनले लोकतन्त्रमा जनतालाई उनीहरुले लाभांश दिलाउन भन्ने आफूले सोचे पनि त्यसको ठिक विपरित स्थितिमा गुणात्मक ह्रास आएको बताए । 

व्यवस्था परिवर्तनले मनमस्तिस्क परिवर्तन गर्दोरहेनछ भन्दै कोइरालाले त्यसको मुल कारण पञ्चायत कालदेखि कै पात्रहरु एउटै रहनु हो भने । त्यस्ता व्यक्तिहरुमा शक्तिमा गएपछि जे गरेपनि हुन्छ भन्ने सोच रहेको उनले बताए । कोइरालाले पहिला नेता र प्रशासकहरु जनतादेखि डराउने गरे पनि अहिले उल्टै जनता नै डराउने स्थिति बन्दै गएको बताए । 

जिम्मेवारी कसैले लिनुनपर्ने, जवाफदेहिता हराउँदै जानु ठूलो समस्या बन्दै गएको भन्दै उनले पछिल्लो समयमा जस्ले जे गर्दा पनि हुन्छ भन्ने परिस्थिति बन्दै गएको बताएका छन् । पूर्वमुख्यसचिव कोइरालाले निर्वाचनमा भएको खर्च र शैली हेर्दा धन, सत्ता र गुण्डाको बल हुनेले मात्रै चुनाव जित्ने परिस्थिति बनेको बताउँदै जनता बाध्य भएर तिनै दल र नेतालाई भोट हाल्नुपर्ने र हालेपछि ‘थुइक्क, यस्तालाई भोट हालिएछ’ भनेर भन्नुपर्ने अवस्था निर्माण भएको बताए । 

जनतामा बढ्दै गएको निराशा र कुण्ठा विद्रोहको रुपमा कुनै पनि दिन उत्पन्न हुनसक्ने उनको अनुमान छ । 

भिडियोः 

Advertisement

Advertisement