सरकारले भन्योः नरेन्द्र मोदीले नै वुद्ध नेपालमा जन्मिएको भनेपछि के को विवाद ?

Advertisement

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल वुद्धको जन्मभूमि भएको कुनै विवाद नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरले वुद्ध महान भारतीय भएको अभिव्यक्ति दिएपछि नेपालमा त्यसको आलोचना भैरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले वुद्ध नेपालको जन्मिएको तथ्यलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै उभिएर संसार सामु स्वीकार गरिसकेकाले पनि त्यसमा थप विवाद आवश्यक नरहेको स्पष्ट पारेका हुन् । 

वुद्धको जन्मभूमि नेपालको लुम्बिनीलाई युनेश्कोले नै विश्व सम्पदा सूचिमा समावेश गरिसकेको तथ्यलाई समेत कसैले विसर्न नहुनेमा पनि परराष्ट्र मन्त्रालयले जोड दिएको छ । 
वुद्ध धर्मको प्रादुर्भाव नेपालबाट भएको र त्यो संसारका अरु देशहरुमा पनि फैलिएको पनि प्रवक्ता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस अघि नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि वुद्ध भारतमा जन्मिएको भन्ने जयशंकरको अभिव्यक्ति प्रति आपक्ति जनाएका थिए । त्यस्तै, काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि भारतीय विदेश मन्त्रीको अभिव्यक्ति प्रति आपक्ति जनाएका थिए । 


 

Advertisement

Advertisement

Advertisement