सानिमा बैंकको नाफा १७० करोडमै खुम्चियो

Advertisement

काठमाडौं । सानिमा बैंकको नाफा १७० करोडमै खुम्चिएको छ । आर्थिक वर्ष २०७५।७६ सालमा २२५ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंक गत आव २०७६÷७७ मा भने ५५ करोडले नाफा घटेर १७० करोडमा खुम्चिएको हो । सानिमाको नाफा २४.४४ प्रतिशतले ओरालो लागेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ११ करोड रुपैयाँ छ । 

सानिमाले गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी चार अर्ब २१ करोड रुपैयाँ छ । ८ अर्ब ८० करोेड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ८२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.३५ रुपैयाँ छ भने प्रति सेयर नृेटवर्थ १४४.८३ रुपैयाँ छ ।

Advertisement

बैंकको स्प्रेड दर ३.४७ प्रतिशत छ भने आधार ब्याजदर ८.६२ प्रतिशत छ । खराब कर्जा ०.४ प्रतिशत रहँदा कस्ट अफ फण्ड ६.६६ प्रतिशत छ । बैंकको सीडी रेसियो भने ७४.७२ प्रतिश छ ।

Advertisement

Advertisement