नेपाल बैंकले २ महिनामा बिस्तार गर्यो पाँच वटा एक्सटेन्सन काउण्टर

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बाग्लुङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।    

कोरोनाका कारण सामजिक दुरी कायम गरी काउण्टरको उदघाट्न गर्दै नगरप्रमुख गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा बि.सं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैंक २०५८ सालमा बिस्थापित भएको स्मरण गर्दै २०७३ सालमा निकै ठूलो प्रयासले पुनस्थापना भएको बताए । नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्वनै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उनले गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

Advertisement

२०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनस्थापना भएको थियो । एक्सटेन्सन काउन्टरबाट खाता संचालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए । लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिए । 

प्रवक्ता अधिकारीका अनुसार यसअघि साउन २३ गते दाङ्ग जिल्लाको भरतपुरस्थित क्याम्पस चोकमा, भदौ १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ्ग क्याम्पसमा, भदौ १० गते काठमाडौंस्थित अमृत साईन्स क्याम्पसमा, भदौ १५ गते चितवन रामपुरस्थित कृषि तथा वन बिश्वबिद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु गरिएको छ ।

Advertisement

Advertisement