युनाइटेड इदी–मर्दीको आईपीओ आजदेखि खुला, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौँ । युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओमा आजदेखि आवेदन खुला भएको छ । आयोजना प्रभावित स्थानीयहरुका लागि कम्पनीले ४ करोड २० लाख मूल्य बराबरका ४ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । 

कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असोज ११ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ ।
 
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओलाई केयर रेटिङबाट बीबी प्लस रेटिङ पाएको छ । 

Advertisement

कम्पनीले ७ मेगावाटको माथिल्लो मर्दि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट उत्पादन लागत २० करोड ३९ लाख ७६ हजार एक सय ४२ रुपैयाँ रहेको छ । कम्पनीले पे ब्याक पिरियड ८.०९ वर्ष रहेको जनाएको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

पाँच दिनकै बीचमा ३४ लाख २० हजार कित्ता आईपीओ निष्काशन हुँदै, कुन कम्पनीमा कति भर्ने ?

 

Advertisement

Advertisement