ग्रीन कमाण्डो अर्थले शनिबार भर्चुअल नाटक प्रस्तुत गर्ने

Advertisement

काठमाडौँ । ग्रीन कमाण्डो अर्थको प्रतिनिधित्व गर्दै बनेको वातावरण प्रेमी युवाहरूको उत्प्रेरित समूहले कोरोनाको विषम परिस्थितिमा पनि भर्चुअल नाटक प्रस्तुत गर्ने भएको छ । 

उक्त समुहले शनिबार दिउसोको २ बजे नाटक प्रस्तुत गर्ने भएको हो । आशिष लामिछाने (प्रोजेक्ट हेड जिसिई) को नेतृत्वमा आयोजना हुन लागेको उक्त नाटक जनसमुदाय माझ नै गएर गर्ने ईच्छा हुँदाहुँदै पनि कोरोनाको असर नसकिएको हुँदा भर्चुअल माध्यमबाट प्रस्तुत गर्न बाध्य भएको प्राजेक्ट हेड लामिछाने बताउँछन्।

Advertisement

ग्रीन कमाण्डोको ईतिहासमा यसरी भर्चुअल बिधीबाट नाटक प्रस्तुत हुन लागेको यो पहिलो पटक हो । संभवतः नेपालमा पनि भर्चुअल बिधिबाट कम नै नाटक प्रस्तुत हुने गरेको छ । बाढी पहिरो न्यूनिकरणको लागि १ महिने कार्यक्रम गरिरहेको जिसिईले तेस्रो हप्तामा बाढि पहिरो जोखिम तथा न्यूनिकरण सम्बन्धित शीर्षकमा जनचेतनात्मक नाटक प्रस्तुत गर्न लागेको हो । कार्यक्रमको को–अर्गनाइजरमा कर्पोरेट नेपाल हो । 

उक्त नाटकमा १३ जना फरकफरक पात्रहरूले आ–आफ्नो भूमिका निर्वाह गर्ने छन् ।यस नाटकको लेखन प्रतिमा न्यौपाने , समिपराज पौड्याल, प्रकृति घिमिरे र पवन प्याकुरेलले गरेका छन् । सम्पादन तथा निर्देशन तिलक सुनार र समीप राज पौड्यालले गरेका छन् । जूम मार्फत हुने नाटकमा उलेख्य सङ्ख्यामा उपस्थिति हुने अनुमान गरिएको छ। साथै उक्त नाटक ग्रीन कमाण्डोको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण हुने ग्रीन कमाण्डोका एक्जिुकेटिभ टिम मेम्बर कमल खनालले बताए ।  

Advertisement

Advertisement