एक महिनामै बैंक तथा वित्तिय संस्थाका ४८ शाखा थपिए, कति पुग्यो वित्तिय पहुँच ?

Advertisement

काठमाडौं । एक महिनामै बैंक तथा वित्तिय संस्थाहरुको संख्या ४८ वटा थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरुको शाखा संख्या ९ हजार ८ सय १३ वटा पुगेको छ । यस्तो शाखा संख्या २०७७ असार मसान्त अवधीमा ९ हजार ७ सय ६५ वटा थियो । 

यो अवधीमा बाणिज्य बैंकहरुले ५४ वटा शाखा थपेर ४ हजार ४ सय ९० वटा शाखा पुर्याएका छन् । विकास बैंकहरुको शाखा संख्या भने २० वटाले घटेर एक हजार ९ वटामा सिमिति भएका छन् । वित्त कम्पनीहरुको शाखा संख्या एउटा थपिएर २ सय ४४ वटा पुगेको छ । लघुवित्त कम्पनीहरुको शाखा संख्या भने ४ हजार ५७ वटाबाट बढेर ४ हजार ७० वटा पुगेको छ । 

मर्जर तथा एक्विजिसनको लहर चलिरहेका बेला साउन मसान्तसम्ममा १५३ कायम भएको छ । जस अनुसार २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक पर्छन् । राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्य अनुसार गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरेपछि २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन् ।
हालसम्म ७५३ मध्ये ७ सय ४७ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् ।  

साउन मसान्त अवधीसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब २२ करोड लगानी गरेको छ । सो अवधीसम्ममा ३२ हजार ४ सय ५५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमध्ये ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६४ ऋणीलाई ५४ अर्ब ११ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ९१ ऋणीको ५ अर्ब ४५ करोड कर्जा बक्यौता रहेको छ ।
 

Advertisement

Advertisement

Advertisement