फेरि चन्द्रमामा मानिसले पाइला टेक्ने, अबको पालो महिलाको, यस्तो छ तयारी

Advertisement

बीबीसी नेपाली । अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ।

उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ।

Advertisement

आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ।

चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो।

कस्तो छ मिशन ?
नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३।२ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ।

अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन्।

त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ।

अन्तरिक्षयात्रीहरू अरिअन नाम दिइएको अपोलोजस्तै यात्रुहरू बस्ने भाग (क्याप्सुल)मा चन्द्रतर्फ पुग्नेछन्।

नासाका प्रशासक जिम ब्रिडेन्सटिनले भने, “अट्ठाइस अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्छ। त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ।”

उनका अनुसार ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्त्व छ।

अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ।

तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ।

को होलिन् ती महिला ?

सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए।

उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन्।

उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए।

यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन्।

नासासँग यतिखेर १२ जना सक्रिय महिला अन्तरिक्षयात्रीहरू छन्

उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन्। उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन।

चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ।

Advertisement

Advertisement