काठमाडौँ । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् ।
सीईओ छनौटका लागि ४ जना आवेदक मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गरी शनिबार अन्तवार्ता लिएको थियो । भने हिजो नियुक्ती सम्बन्धी निर्णय लिइएको हो ।
कम्पनीको सीईओका लागि विशाल अग्रवाल र इन्द्र कट्टेलले पनि आवेदन दिएका थिए ।
नेपालकै पहिलो स्टक डिलर कम्पनीका रुपमा सेवा आरम्भ गर्न लागेको नागरिक स्टक डिलरको चुक्ता पुँजी ५ अर्ब छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ ।
सर्वसाधारणले आइपीओ मार्फत ३० प्रतिशत सेयरमा लगानीको अवसर पाउनेछन् । कम्पनीले केहि वर्षभित्रै ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।
तलका लिंक पनि क्लिक गर्नुहोस्ः