कात्तिक ७ गतेभित्र विदेशी च्यानल ‘क्लिन फिड’ प्रशारण नभए कारवाही गर्छौँः सञ्चार मन्त्रालय

Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गते भित्र नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुको विज्ञापनरहित(क्लिन फिड) प्रशारण नभएमा कानून बमोजिम कारवाही गर्ने भएको छ । 

इण्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्कस्, बीबीसी न्यूज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघसंस्थाहरुबाट विज्ञापनरहित(क्लिन फिड) प्रशारणको म्याद थप गर्न माग गरिएको विषयमा ध्यानाकर्षण भए पनि उक्त मिति पर सार्न नमिल्ने मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीले जनाएका छन् । 

Advertisement

सरोकारवाला विभिन्न संस्थाहरुले म्याद थप गर्न माग गरे पनि २०७७ कात्तिक ७ गते भित्र विज्ञापनरहित(क्लिन फिड) प्रशारण गर्नु पर्ने व्यवस्था ऐनद्वारा गरिएको र ऐनद्वारा नै १ वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भावना अनुरुप प्रशारण गर्न अनुरोध गर्दै मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरेको हो । 

विज्ञापन(नियमन गर्ने) ऐन २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नु पर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले १ वर्ष भित्र अर्थात २०७७ कात्तिक ७ गते भित्र विज्ञापनरहित(क्लिन फिड) प्रशारण गर्नु पर्ने स्पष्ट कानूनी व्यवस्था रहेको मन्त्रालयले सरोकारवालाहरुलाई पुनः सुझाएको छ ।  

तलका लिंकहरु पनि क्लिक गर्नुहोस्ः 

कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुन्छः सरकार

‘क्लिन फिड’ कार्यान्वयन गर्ने मिति छ महिना पछि सार्न इण्डियन ब्रोकाष्टिङ फाउण्डेशनको आग्रह

‘क्लिन फिड’ लागू गर्ने मिति नजिकिँदै, विवाद भने कायमै

‘क्लिन फिड’ लागू भयो भने भारतीय च्यानल सबै बन्द हुन्छन्, हामी व्यवसाय चलाउन सक्दैनौं’

‘क्लिन फिड’ लागू गर्ने सन्दर्भमा एक बर्ष नेपाली मिडिया र विज्ञापन उद्योगले कष्ट भोग्नुपर्छ’


 

 

Advertisement

Advertisement