रिडी हाइड्रोपावर कम्पनीले घोषणा गर्यो लाभांश, शेयरधनीले कति पाउने भए ?

Advertisement

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । 

हिजो बसेको बैठकले आव २०७६/७७ को नाफा र सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोन शेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव आलोक केसीले जनाएका छन् । 

Advertisement

उक्त लाभांश कम्पनीको मंसिर २६ गते जुमबाट हुने १९औँ वार्षिक साधारण सभाबाट पारित भए पछि बाँडिने कम्पनी सचिव केसीले बताए । 

Advertisement

Advertisement