वोमी लघुवित्तले घोषणा गर्यो ३० प्रतिशत लाभांश

Advertisement

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले जनाएका छन् । 

Advertisement

कम्पीको हाल कायम चुक्ता पूँजी २७ करोड ७८ लाख ४८ हजार रुपियाँ रहेको छ । वोमी र नागरिक लघुवित्त एकआपसमा मर्जर भई एकीकृत कारोबार समेत शुरु भइसकेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुबिधा समेत उपयोग गरिने कम्पनी सचिव आचार्यले बताए । 

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement