काठमाडौँ । गुडविल फाइनान्स (वित्तीय संस्था)को २६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको हो ।
उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत लाभांश पारित गरेको छ । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश पाउने भएका हुन् ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको जानकारी गराए ।
संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड रुपैयाँ, कर्जातर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको जनाएको छ ।