सेञ्चुरी कमर्सियल बैंकको एजीएमबाट २ वर्षको लाभांश पारित, ३ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको नवौँ तथा दशौं वार्षिक साधारण सभा बुधबारका सम्पन्न भएको  भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाले शेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर पारित गरेको छ । साथै उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००/– मा  आव २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको हो ।

Advertisement

साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । यसैगरी रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई संस्थापक शेयरधनीहरुबाट संचालक निर्वाचित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

Advertisement

Advertisement