कोरोनाले विश्वव्यापी आप्रवासन दरमा ३० प्रतिशतले कमी

Advertisement

संयुक्त राष्ट्र संघ । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ।

सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

Advertisement

२०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ।  

‘अन्तर्राष्ट्रिय आप्रवासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन्। सबैभन्दा बढी आप्रवासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ। एएफपी

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement