लकडाउनको फाइदाः इन्टरनेटमार्फत काम गर्ने बानीको विकास, इन्टरनेट खपत दोब्बरले वृद्धि

Advertisement

काठमाडौँ । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको छ ।

गत वर्ष चैत ११ मा लकडाउन गर्नुअघि नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको परिमाण ३३४ जीबी प्रतिसेकेन्ड रहेकामा अहिले यसको खपत ७७७ जीबी प्रतिसेकेन्ड पुगेको प्राधिकरणको तथ्यांक छ । धेरै काम इन्टरनेटमा निर्भर रहेको र प्रयोगकर्ताले पनि गुणस्तरीय इन्टरनेट सेवा खोज्न थालेकाले खपत बढेको जानकारहरू बताउँछन् । 

Advertisement

कोभिड–१९ का कारण गरिएको लकडाउनले इन्टरनेटमार्फत काम गर्ने प्रवृत्ति बढेकाले ब्यान्डविथ खपत बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । ‘लकडाउनका कारण इन्टरनेट प्रयोग बढेको त छ नै, इन्टरनेट सेवा प्रदायकले पनि बढी ब्यान्डविथको प्याकेज बिक्री गर्न थालेका छन्,’ उनले भने, ‘यसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढेको हो ।’

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement