संसद पुनःस्थापनापछि ओली झन ‘पावरफुल’ पो हुनुभयोः नेम्वाङ

Advertisement

काठमाडौं । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि प्रधानमन्त्री केपी ओली झन ‘पावरफुल’ बनेको दाबी गरेका छन् । नेकपा ओली समूहको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् र

संसद पुनःस्थापनापछि ओली नेतृत्वको सरकार झन् बलियो भएको भन्दै नेम्वाङले भने, ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो। जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो ।’ 

Advertisement

संसद् पुनःस्थापित भएपछि त ओली हिजोभन्दा झन् दह्रो बनेको भन्दै उनले संसद पुनःस्थापनाअघि प्रधानमन्त्री ओलीले संसद् विघटनलाई लोकतन्त्र र कानूनसम्मत भन्ने गरेमा अहिले संसद् पुनःस्थापित भइसकेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।  

यदि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्न आफूहरु तयार रहेको नेम्वाङको भनाई छ । उनले नेकपा विभाजन नभएको जिकिर गर्दै भने, ‘हामीले भनिराखेका छौं, नेकपामा विभाजन छैन। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ, कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ ।’ 

आफूहरुले पार्टीमा कसैलाई कारवाही नगरेको पनि नेम्वाङले जिकिर गरे । उनले आफूहरु पार्टी एकताको पक्षमा रहेको र एक बनाउन पहल भइरहेको भन्दै आफ्नो पार्टी टुक्राएर अर्को पार्टीको शरणमा जाने कुरा गलत भएको बताए । 

Advertisement

Advertisement